चितवन विशेष

मुख्यमन्त्री पौडेल चितवनमा, विकासका योजनामा बजेट अभाव हुन नदिने आश्वासन

Banner

चितवन, कात्तिक ३०-

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले रत्ननगरका विभिन्न क्षेत्रको अवलोकन गरेका छन् ।

मुख्यमन्त्री पौडेलले अस्पताल, मन्दिर, प्राविधिक शिक्षालय, निर्माणाधीन ईको पार्कको, चित्रसारी गेट, थारु संस्कृति संग्रहालय, सौराहाको राप्ती ड्याकको स्थलगत अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा आर्थिक अभावका कारण विकासको क्रम रोकिएका ठाउँमा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरे । मुख्यमन्त्री पौडेले रत्ननगरको चित्रसारीमा निर्माण गरिएको सौराहा प्रवेशद्वारमा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रवेशद्वारमा प्रदेश सरकारद्वारा निर्मित भनेर लेख्नुहोस् । उनले भने, ‘अब कति लगानी गर्नुपर्छ, प्रदेश सरकारले लगानी गर्नेछ ।’
बछौली माविको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले होटल म्यानेजमेन्ट ल्याब सञ्चालन र पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री पौडेलले पूर्वीचितवनको एकमात्र सरकारी अस्पतालको पनि अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा उनले अस्पतालको स्तरोन्नति गरी डाक्टरको दरबन्दी र भौतिक पूर्वाधार निर्माण गरिने बताए । अस्पतालका विषयमा मेयर नारायण वन, निर्वतमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ र डा.रुथ गोन्सेथले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । मुख्यमन्त्री पौडेलले बछौलीमा रहेको थारु संस्कृति संग्रहालय तथा अनुसन्धान केन्द्रको पनि अवलोकन गरेका छन् । संग्रहालयको विषयमा अध्यक्ष वीरेन्द्र महतोले जानकारी गराएका थिए ।
मुख्यमन्त्री पौडेलले जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम, पञ्चकन्या सामुदायिक वनले सञ्चालन गरेको मनिखोला पार्क र रत्ननगर नगरपालिकाले वडा नं ९ मा निर्माण सुरु गरेको इको टुरिजम पार्कको समेत स्थलगत अवलोकन गरेका छन् । ईको टुरिजम पार्कमा वडाध्यक्ष रोशन आचार्य, कार्यपालिका सदस्य सरस्वती लामा, टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष इश्वरीप्रसाद लामिछाने, समाजसेवी चिन्तामणि आचार्यले मुख्यमन्त्रीलाई स्वागत गरेका थिए ।
त्यस्तै धर्मधाम जिरौनामा निर्वतमान अध्यक्ष तिलकराज शर्माले मुख्यमन्त्रीलाई स्वागत गरेका थिए । मुख्यमन्त्री पौडेलले मनिखोला पार्कको विस्तारको लागि गुरुयोजना बनाएर प्रदेश सरकारमा पेस गर्न आग्रह गरेका छन् । ईको टुरिजम पार्कमा पूर्वाधार निर्माणको लागि नगरपालिका मार्फत् प्रदेश सरकारसँग बजेट माग गर्न आग्रह गरे । अवलोकन कार्यक्रममा प्रदेश सभा सांसद कञ्चन खनाल, मेयर नारायण वन, उपमेयर विमला दुवाडी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, वडाध्यक्ष केशव आचार्यलगायतको सहभागिता रहेको थियो । सौराहा प्रवेशद्वारका विषयमा क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई, उपाध्यक्ष राममणि खनाल, कोषाध्यक्ष माधव दुवाडी, व्यवसायी धु्रव गिरी, संघका पूर्वअध्यक्ष तथा निर्माण समितिका संयोजक नारायण भट्टराईले जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>