चितवन विशेष

चितवनको माडीमा हात्तीको आक्रमणबाट बाबु छोराको मृत्यु

Banner

प्रिती पोखरेल,

चितवन,कात्तिक ३०-

चितवनको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका १ का ६० बर्षिय बाबुराम पौडेल र ३५ बर्षिय राजु पौडेल रहेका छन् । मृतक बाबु छोरा रहेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्क बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

आज विहान माडीको बरुवाबाट लु ३१ प २९११ नम्वरको मोटरसाइकलमा बाँदरझुला तर्फ जाँदै गरेका उनिहरुलाई माडी नगरपालिका ९ स्थित देउराली ओरालोमा हात्तीले आक्रमण गरेको थियो । घटना लगत्तै नेपाली सेना,प्रहरी र जनप्रतिनिधि सहित स्थानियहरु घटनास्थलमा पुगेका थिए । शवको मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>