चितवन विशेष

माडीमा गुडिरहेको मोटरसाइकलमा हात्तीको आक्रमण,एकको मृत्यु,एक सम्पर्क बिहिन

Banner

चितवन,कात्तिक ३०-

चितवनको माडीमा जङगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज विहान माडी–ठोरी सडकखण्ड अन्तर्गत पुरानो अमुवा पोष्ट नजिकै हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । पर्साको ठोरीबाट मोटरसाइकलमा चितवनको माडी तर्फ आउँदै गरेका एक ब्यक्तीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको इकाला प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्क बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

गुडिरहेको मोटरसाइकललाई बिहान करिब ७ः३० बजे जङ्गली हात्तीले आक्रमण गरेको उहाँले बताउनुभयो । मृतकको पहिचान खुलेको छैन् । मोटरसाइकलमा सवार अर्का एक व्यक्ती सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ । घटनास्थल तर्फ इकाला प्रहरी कार्यालय बसन्तपुर र बगई पोष्टबाट नेपाली सेनाको टोली प्रस्थान गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>