नवलपुर
गैडाकोटको हर्दीमा बोलेरो दुर्घटना,मेयर आफैले ल्याए १४ घाइतेलाई अस्पतालसम्म
०

गैडाकोट,कात्तिक २९-
नवलपुरको गैडाकोट ३ हर्दीखोलामा बोलेरो जिप दुर्घटनामा परेको छ । हिजो (विहिवार) साँझ भएको दुर्घटनामा १४ जना घाइते भएका छन् । हर्दी पुलबाट हर्दी गाँउ जादै गरेको बा ११ च ७०८३ नम्वरको बोलेरो दुर्घटनामा परेको हो ।
दुर्घटनाको खबर थाहा पाएपछि गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आफै एम्बुलेन्स लगेर घाइतेको उद्धार गरी चितवन मेडिकल कलेज ल्याएका थिए । पौडेलले घाइते ल्याउँदा लागेको एम्बुलेन्स खर्च र उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताए । घाइते मध्य ७ जनाको अवस्था सामान्य र ७ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























