नवलपरासी

चितवनका अवि लागुऔषधसहित नवलपरासीमा पक्राउ

Banner

परासी, कार्तिक २८–

नवलपरासी प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित चितवनका एक व्यक्तिदाई प्रहरीले पक्राउ गरेको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टास्थित सुनौलीदेखि काठमाडौँ जाँदै गरेको लु२ख २८४५ नंको यात्रुवाहक बसमा सवार चितवनको रामपुर निवासी १८ वर्षीय अवि तामाङलाई शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट डाइजोपाम १५० एम्पुल, फेनारागन १७५ एम्पुल, नुफ्रिन १२५ एम्पुल, नाइट्राजेपाम ४८ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बुधबार पक्राउ परेका तामाङविरुद्ध लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>