चितवन विशेष

चितवनमा अत्याधुनिक पेस्तोलसहित दुई जना पक्राउ

Banner

चितवन, कार्तिक २८–

चितवनमा आज (बिहीबार) विहान अत्याधुनिक पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

पूर्वीचितवनको राप्ती नगरपालिका–६ हर्दीस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ८५ प ८०८४ नम्बरको मोटरसाइकलमा सवार दुईजनाबाट प्रहरीले मेडइन युएसए लेखिएको अटोमेटिक पेस्तोल एक थान र लोड गरिएको अवस्थामा ५ राउण्ड गोली बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । पेस्तोलसहित पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरी बस्नेत ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।

हर्दीमा मोटरसाइकल रोकेर शंकास्पद अवस्थामा हिडि रहेका उनीहरुलाई गस्तीमा हिडिरहेको भण्डारा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीलाई देख्नासाथ भाग्न खोजेका उनीहरुलाई प्रहरीले समयमै नियन्त्रणमा लिन सफल भएको हो । उनीहरुलाई चेकजाँच गर्दा प्रहरीले पेस्तोल फेला पारेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>