इच्छकामना

चितवनमा बलेरोको ठक्करबाट एकको मृत्यु

Banner

चितवन, कार्तिक २८–

चितवनमा आज (बिहीबार) विहान बलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत ईच्छाकामना गाउँपालिका– ६ जलबिरेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च नम्बरको बलेरो र विपरीत दिशाबाट गइरहेको बा ६६ प २९६५ नम्बरको मोटरसाईकल एकआपसमा ठक्करबाट मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–६ बस्ने ३० वर्षीय रोसन सापकोटाको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

बलेरोको ठक्करबाट गम्भिर घाइते भएको सापकोटाको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा विहान ३ः१८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>