नवलपरासी

नवलपरासीमा माछा मार्नेक्रममा करेन्ट लागेर युवतीको मृत्यु

Banner

नवलपरासी , कात्तिक २७-

नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रिङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको हो ।
प्रहरीका अनुसार घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुरा खोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शंकर विक घाइते भएका छन् । उनका चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>