नवलपरासी

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Banner

नवलपरासी, कात्तिक २७-

नवलपरासीको दाउन्ने उकालोमा बुधबार बिहान ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक सुनवल नगरपालिका १३ बस्ने वर्ष २५ का बलबहादुर सार्की र ट्रकमा सवार सोही स्थान बस्ने २९ वर्षीय नरबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । ट्रकमा च्यापिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

नारायणगढबाट बुटवल तर्फ जादै गरेको ना ४ ख ४५०४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>