खैरहनी

उपनिर्वाचनः खैरहनी ५ मा चार जनाको उम्मेद्वारी (नामावलीसहित)

Banner

चितवन, कार्तिक २७–

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज (बुधबार) पूर्वीचितवनको खैरहनी वडा नं.५ मा मनोनयनपत्र दर्ता भएको छ ।
वडा अध्यक्षका लागि हुने उपनिर्वाचनमा चार जनाले मनोनयनपत्र दर्ता गराएका छन् । जसअन्तरगत सत्तारुढ दल नेकपाको तर्फबाट पुननारायण प्रधानले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा जंगीराम चौधरी रहेका छ भने समर्थकमा लक्ष्मण सुवेदी छन् ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट प्रतिमा कार्की (बस्नेत)ले उम्मेद्वारी दर्ता गराएकी छिन् । उनको प्रस्तावकमा तिलकुमारी पुडासैनी र समर्थकमा राममाया त्रिपाठी रहेका छन् ।

यस्तै समाजवादी पार्टीको तर्फबाट विकन महतो थारुले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा रामकृष्ण चौधरी र समर्थकमा सुमित्रा महतो रहेकी छिन् । त्यस्तै राष्ट्रिय नागरिक पार्टीको तर्फबाट बलराम चौधरीले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा सुमन चौधरी र समर्थकमा कानन चौधरी रहेका छन् ।

वडा नं.५ का तत्कालिन अध्यक्ष विश्वविजय बस्नेतको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । यस वडामा कुल दुई हजार एक सय ११ मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>