खैरहनी

उपनिर्वाचनः खैरहनी ४ मा चार जनाको उम्मेद्वारी (नामावलीसहित)

Banner

चितवन, कार्तिक २७–

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज (बुधबार) पूर्वीचितवनको खैरहनी वडा नं.४ मा मनोनयनपत्र दर्ता भएको छ ।

वडा अध्यक्षका लागि हुने उपनिर्वाचनमा चार जनाले मनोनयनपत्र दर्ता गराएका छन् । जसअन्तरगत सत्तारुढ दल नेकपाको तर्फबाट वेदबहादुर अधिकारीले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा जगतबहादुर राना रहेका छ भने समर्थकमा दलबहादुर बस्नेत रहेका छन् ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट देवबहादुर बस्नेतले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा देवीप्रसाद न्यौपाने र समर्थकमा नाराद बरुवाल रहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट अनोज अधिकारीले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा डोलबहादुर बस्नेत र समर्थकमा विवेक बिसुराल रहेका छन् । त्यस्तै राप्रपा (संयुक्त)को तर्फबाट सीताराम थापाले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा देवी कार्की र समर्थकमा इन्द्रबहादुर थापा रहेका छन् ।

वडा नं.४ का तत्कालिन अध्यक्ष नरेन्द्रनाथ अधिकारीको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । यस वडामा कुल दुई हजार ६ सय ९२ मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>