गण्डकी

नवलपुरको डाँडाझरीमा महोत्सव हुने

Banner

नवलपुर, कात्तिक २४-

सन् २०२० लाई पर्यटन वर्ष सफल बनाउन तथा पर्यटकीय स्थानको प्रचारप्रसार गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्न नवलपुरको डाँडाझेरी भाङबारीमा प्रथम ऐतिहासिक डाँडाझेरी महोत्सव–२०७६ हुने भएको छ ।

यही मंसिर १२ देखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक डाँडाझेरी गैँडाकोट विकास समाजका अध्यक्ष दूर्गाबहादुर मसराङ्गी मगरले जानकारी दिए । महोत्सवको तयारीसँगै स्टल बुकिङ पनि खुला गरिएको छ । ३० वटा स्टल रहेकोमा १० वटा कृषि प्रदर्शनलाई छुट्याइएको र २० वटा व्यवसायिक स्टल छन् ।

नवलपुरको उत्तरी पहाडी गाउँ डाँडाझेरीमा भएका पर्यटकीय ठाउँहरुको पहिचान र स्थानीय कला संस्कृतिको सरंक्षणका साथै त्यहाँ भएका उत्पादनको बजारीकरणका लागि पहिलो पटक ऐतिहासिक प्रथम डाँडाझेरी महोत्सव २०७६ को आयोजना गरिएको हो । महोत्सवका मुख्य आकर्षणहरुमा सुपथ मूल्यमा कालिगण्डकी नदीमा ¥याफ्टिङ, परापूर्वक कालमा राजाले देह त्याग गरेका ढुंगाको अवलोकन गर्न सकिने, मनोकांक्षा पूरा गराइदिने जलदेवी मन्दिरको दर्शन गर्न सकिने, स्थानीय मौलिक भेषभूषासहितको झाँकीहरु हेर्न सकिने, आदिवासी जनजातिको मौलिक तथा अर्गानिक परिकार खान सकिने, अर्गानिक सुन्तला, वन तरुल, अदुवा कागती, केरा, अम्रिसोलगायतको अवलोकन सहित सुपथ मूल्यमा किनमेल गर्न सकिने, तातो चिसो पानीको अवलोकन गर्न सकिने, स्थानीय कला संस्कृति झल्कने मौलिक कौरा, पन्चेबाजा, झाम्रे र नाँचसहित स्थानीय र राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक मनप्रसाद रानाभाटले जानकारी दिए ।

विश्वकै महत्वपूर्ण सांस्कृतिक सम्पदा बोकेको शिला पाउने एक मात्रै नदी कालिगण्डकीको किनारमा अवस्थित डाँडाझेरीको भाङवारी पुग्न पूर्वपश्चिम राजमार्गको दलदलेबाट ४० किलोमिटर र गैडाकोट ढोडेनी हुँदै ४२ किलोमिटरको कच्ची सडकमा स्कुटर, मोटरसाइकल, जीप, अन्य चार पाग्रेँ सवारीको उत्तर तर्फको यात्रा पछि पुग्न सकिन्छ ।

पर्याप्त पर्यटकीय सम्भावना भए पनि प्रचारप्रसार र संरक्षणमा ओझेल परेका स्थानहरुको प्रवद्र्धन, संरक्षण, प्रचारप्रसारका साथै समग्र गाउँकै विकासका लागि एतिहासिक महोत्सव आयोजना गर्न लागिएको प्रचारप्रसार समितिका संयोजक रानाभाटले जानकारी दिए । डाँडाझेरी गैँडाकोट विकास समाज आयोजक रहेको महोत्सव सफल पार्न बुलिङटार गाउँपालिका मुख्य प्रायोजक र बुलिङटार गाउँपालिका वडा नं २ डाँडाझेरी सहआयोजक रहेको छ । महोत्सवमा चर्चित लोकदोहोरी गायक राजु परियार, प्रिती आले मगर, यम आले मगर, सम्झना लामिछाने मगर, दिपक खड्कालगायतले विशेष प्रस्तुति दिनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>