नवलपुर
नवलपुरमा बलेरोको ठक्करबाट दुईको मृत्यु
०

नवलपुर, कात्तिक २१-
महेन्द्रराजमार्गको कावासोती नारायणगढ खण्डमा बलेरोको ठक्करबाट २ युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नम्बर नखुलेको सेतो रंगको बलेरोले लु ४१ प २९३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार पाल्पा पोखराथोकका २२ वर्षीय राजेश नेपाल र उनका एक साथीको उपचारको क्रममा मृत्यु भएको हो । राजेशका साथीको सनाखत हुन सकेको छैन ।
उनीहरुको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा आज मृत्यु भएको हो । सनाखत नभएका व्यक्तिसँग मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड भेटिएको र त्यसका आधारमा अनुसन्धान थालेको प्रहरीको भनाइ छ । फरार रहेको बलेरोका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























