नवलपुर
नवलपुरको बौदीकाली–५ को वडा अध्यक्षमा कांग्रेसबाट राना
०

ज्ञानु पंगेनी
नवलपुर, कात्तिक १९-
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले पनि नवलपुरमा उमेद्वार टुङ्गो लगाएको छ ।
उपनिर्वाचनमा नवलपुरको बौदीकाली गाउँपालिका–५ मा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । नेपाली कांग्रेस बौदीकाली गाउँपालिकाले तुलबहादुर राना ‘अनिल’ लाई उमेद्वार चयन गरेको छ । कांग्रेस नवलपुरले गाउँपालिकाको निर्णय अनुसार नै रानालाई अगाडि सारिएको कांग्रेस नवलपुर जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए । बौदिकाली–५ का वडा अध्यक्ष दलबहादुर खरुमगरको मृत्यु भएपछि रिक्त रहेको पदमा मसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























