अटो

चितवनमा अटोमोबाइल्सबारे राउण्ड टेबल

Banner

चितवन, कात्तिक १६

अटो नेपाल पत्रिकाले अटोमोबाइल्ससम्बन्धी विविध विषयमा चितवनमा राउण्ड टेबल गरेको छ ।

वर्तमान समयमा अटोमोबाइल्स क्षेत्रका विविध विषयका बारेमा छलफल गर्नका लागि चितवनमा सक्रियरुपमा निरन्तर काम गर्दै आएका यस क्षेत्रका सरोकारवाला निकायलाई एकै ठाउँमा राखेर चितवनमा शुक्रबार यस्तो प्रकारको कार्यक्रम आयोजना गरिएको हो ।

चितवन अटोमोबाइल डिलर एशोसिएसनका अध्यक्ष ईश्वरकुमार श्रेष्ठ, चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष रामबहादुर लोहनी, निवर्तमान अध्यक्ष बलराम भण्डारी, वरिष्ठ उपाध्यक्ष रामबहादुर तिमल्सिना, प्रथम उपाध्यक्ष सादिक सेख, द्वितीय उपाध्यक्ष डिल्लिराम महतो, चितवन अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष अमृत जोशी एवम् निवर्तमान अध्यक्ष बालकृष्ण कँडेल तथा पूर्वअध्यक्षहरुमा शिवराज गीरी, भीमलाल न्यूरे र संघका सचिव राजेन्द्र भट्टराई, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष गोपाल भट्टराई, चितवन ड्राइभिङ स्कुल व्यवसायी संघका अध्यक्ष राजाराम परियार (कुमार) रहेका थिए ।

त्यसैगरी प्रदेश नम्बर ३ का ट्राफिक प्रहरी निरीक्षक विदुरकुमार थापा, मिडिया व्यवसायी राकेशमान श्रेष्ठलगायत अन्य सञ्चार माध्यम र सञ्चारकर्मीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । त्यसैगरी आयोजकको तर्फबाट ‘अटो नेपाल’ पत्रिकाका प्रकाशक रोशनकुमार श्रेष्ठ र सहसम्पादक एवम बिमा व्यवसायी दिपक थापाको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>