क्रिकेट
नेपालले इमर्जिङ टिम्स एशिया कप खेल्ने
०

काठमाडौं, कार्तिक १४–
नेपालले बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स एशिया कप प्रतियोगिता खेल्ने भएको छ ।
बंगलादेशमा नोभम्बर १२ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नmेपालले सहभागिता जनाउने निश्चित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
यस प्रतियोगितामा नेपाल समूह बीमा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । यस्तै समूह ए मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमान रहेका छन् । नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्ने छ ।
१६ नोभेम्बरमा नेपालले हङकङसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १८ नोम्भेरमा खेल्ने छ । दुई समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल २३ नोभेम्बरमा मिरपुरमा हुने छ ।
टेष्ट देशबाट २३ बर्ष मूनीको र एसोसियटका सिनियर खेलाडीले सहभागिता जनाउनेछन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























