खेलकुद
फिफा विश्वकप ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित
०

काठमाडौं, असार ६-
फिफा विश्वकप २०२६ को फुटबल खेलमा ब्राजिलले पहिलो जित दर्ता गरेको छ ।
आज बिहान फिलाडेल्फिया स्टेडियममा भएको समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलले पराजित गरेको हो ।
ब्राजिलको जितका लागि माथेउस कुन्हाले २३औं र ३६औं मिनेटमा गोल गरेको थियो । पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए ।
यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अंकका साथ समूहको शीर्षस्थानमा उक्लिएको छ । न्यूज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























