देश/प्रदेश
धादिङको गजुरीमा जिप दुर्घटना ,२३ घाइते
०

धादिङ, कात्तिक १४-
दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ ।
कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।
घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ । थप विवरण आउन बाँकी छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















