देश/प्रदेश

देउसीभैलोबाट २८ लाख सङ्कलन

Banner

गलेश्वर, कात्तिक १३-

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख, तल्लो शिख, फलाटे, स्वाँत र किन्दुबाट पोखरामा बसोबास गर्दै आएका व्यक्तिको साझा संस्था ‘शिख्तानी पुन समाज पोखरा’ले देउसीभैलो खेलेर रु २८ लाख सङ्कलन गरेको छ । उक्त रकम गाउँको विकासका लागि खर्च गरिने सो संस्थाले जनाएको छ ।

आफू जन्मिएको गाउँमा विद्यालय, मठमन्दिर, बाटो र चौतारो निर्माणका लागि पोखरामा देउसीभैलो खेलेर सङ्कलन भएको शिख्तानी पुन समाज पोखराका अध्यक्ष बलबहादुर तिलिजा पुनले जानकारी दिए। अध्यक्ष पुनकाअनुसार पोखरामा देउसीभैलो खेलेर सङ्कलन भएको रकमले म्याग्दीको शिखगाउँमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य छ । युवालाई स्वरोजगार बनाउन विभिन्न किसिमका रोजगारमूलक कामका लागि अत्यन्तै न्यून र सरल ब्याजमा कर्जा लगानी गर्नेसमेत उद्देश्य रहेको पुनको भनाइ छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>