देश/प्रदेश
खुम्बु भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु
०

सोलोखुम्बु कात्तिक १३-
खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।
उनका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन । शवको मङ्गलबारै कानूनी प्रक्रिया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















