गण्डकी
तनहुँमा चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेका बालकको ज्यान गयो
०

तनहुँ,कात्तिक १२-
तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा त्यसै ठाउँका सात वर्षीय ऋतिक रोका रहेका छन् ।घरकै आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणमा परेर सोमबार राति बालकको ज्यन गएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । बालकको कम्मरमुनिको आधा भाग खाएको अवसथामा बालकको शव घरभन्दा १०० मिटरमाथिको जङ्गलमा भेटिएको थियो ।
मजदुरी गर्दै आएका मृतकका बुबा राजु गएको पाँचरछ वर्षदेखि बेपत्ता रहेको त्यसै नगरपालिकाका वडाध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिनुभयो । घरमा कोही पनि नभएको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरेर लगेको हुनसक्छ, उहाँले भन्नुभयो, बालक घरमा नभेटिएपछि खोजतलास गर्दा मृतावस्थामा फेला परेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















