देश/प्रदेश
हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय संयोजकमा योगी, कोषाध्यक्षमा खरेल

काठमाडौं, कार्तिक ९–
परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले २० औं वार्षिकोत्सव (ग्लोबल मीट) मनाएको छ । हेल्प नेपालले शनिबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापनको २० औं वार्षिकोत्सव मनाएको हो ।
सोही ग्लोबल मीट २०१९ ले सबै ग्लोबल च्याप्टर सदस्य रहने गरी हेल्प नेपाल नेटवर्क बेलायतका भगिरथ योगीलाई अन्तर्राष्ट्रिय संयोजक चयन गरेको छ। सो समितीको उप–संयोजकमा अभय श्रेष्ठ (अमेरिका), सचिवमा रोशेन्द्र ध्वज खड्का (नेपाल) र कोषाध्यक्षमा डिला खरेल (अष्ट्रेलिया)लाई चयन गरिएको छ।
हेल्प नेपाल नेटवर्कको १० करोड लक्ष्य राखिएको अक्षय कोषमा हाल ६ करोड रहेकोमा त्यसलाई छिट्टै १० करोड पु¥याउने निर्णय गरिएको हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले जानकारी दिए।
यसैगरी ग्लोबल मीटले संस्थाको आफ्नै भवन निर्माण गर्ने निर्णय समेत गरेको छ। डा.राजु अधिकारीको संयोजकत्वमा इन्द्रा वन, हर्ष गौतमसहितको अन्तर्राष्ट्रिय रणनीतिक संयोजन समिति गठन गरिएको छ। सो समितिले अन्तर्राष्ट्रियस्तरमा पहल गरी समितिलाई पूर्णता दिने निर्णय गरेको अध्यक्ष बस्नेतले जानकारी दिए।























