गण्डकी

उपनिर्वाचनः कास्की २ मा स्व.अधिकारी पत्नी विद्याको नाम सिफारिस

Banner

पोखरा, कार्तिक ८–

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धमाधम उम्मेद्वार छनौट प्रक्रियाहरु अघि बढेका छन् ।

यसैक्रममा सबैको चासोको केन्द्रको रुपमा रहेको कास्की २ का लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले उम्मेद्वारको नाम सिफारिस गरेको छ । आज बसेको जिल्ला समितिको बैठकले स्वर्गीय पर्यटन मन्त्री रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

गत फागुन १५ मा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>