देश/प्रदेश

दाङमा बसको ठक्करले कुखुराको भाले मरेपछि चक्काजाम

Banner

काठमाडौं  कात्तिक ८ –

दाङको तुलसीपुर उपमहानगरपालिका(१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन्।

कुखुराको भाले मरेपछि उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा थुपार्नुका साथै काठ, बाँस तेर्साएर सडक अवरुद्ध पारेका थिए ।

खैराहा-कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि बिहीबार दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारेको जानकारी आफूले पाएको वडा सदस्य वन्धु चौधरीले बताए ।

बस व्यवसायी र पीडित पक्षबीच २ केजी भालेको १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति पछि सडक खुलेको रहेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>