देश/प्रदेश

चन्द समूहका तीन कार्यकर्ता पक्राउ

Banner

दमौली, कात्तिक ८-

 

नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द समूहको पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्री रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहँुको आदेशमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले प्रशासन कार्यालयको परिसरबाट बिहीबार पक्राउ गरेको हो । प्रशासन कार्यालयले उनीहरुलाई जनही रु एक हजार धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

उनीहरुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङमा अर्को मुद्दा भएका कारण प्रहरी कार्यालय लमजुङको पत्राचारअनुसार पुनः पक्राउ गरी लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

अभद्र व्यवहारको मुद्दामा उनीहरु गत असोज १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका थिए । यसअघि उनीहरुलाई असोज १५ गते जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ गरी तनहँु ल्याइएको थियो ।(रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>