देश/प्रदेश
श्रेष्ठलाई विश्वकै सबैभन्दा होचोे व्यक्तिको रुपमा चिनाउन सहयोगको याचना

काठमाडौं, कात्तिक ७-
आफ्नो कान्छो छोरालाई विश्वकै होचो व्यक्तिको रुपमा गिनिजबुकमा नाम लेखाउन बुबाआमाले सहयोगको याचना गर्दै काठमाडौँ पुगेका छन् ।
रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नं. ३ रामबहादुर श्रेष्ठ र रमा श्रेष्ठले आफ्नो कान्छो छोरालाई विश्वकै होचो व्यक्तिको रुपमा गिनिज बुकमा लेखाउन सबैको सहयोग मागेका हुन् ।
बुधबार छोराहरु लिएर रिपोटर्स क्लब काठमाडौँ पुगेका उनीहरुले कान्छो छोरा कल्याण श्रेष्ठ विश्वको सबैभन्दा होचो व्यक्ति र सबभन्दा कम तौल भएका व्यक्तिका रुपमा ग्रिनिज बुकमा नाम दर्ता हुन सक्ने सम्भावना भएकोले उनलाई गिनिज बुकमा नाम दर्ता गराउन अपिल गरेका छन् । उनकाअनुसार जेठो छोरा राजुको उचाई ४२ इन्च र तौल २३ केजी छ । कान्छा छोरा कल्याणको तौल १० केजी र उचाई २९ इन्च मात्र छ । बुबाआमाले भने,‘इशाराले मात्र आफ्ना कुरा व्यक्त गर्ने कान्छा छोरो कल्याणलाई त क्षणभर पनि छोड्न मिल्दैन् । हाल उनीहरुको समयमा देखापर्ने शारीरिक परिवर्तनहरु जस्तै दाह्री, जुङ्गा आउने दाँत साटिने बोलीमा धोद्रोपन आउने, बौद्धिक तथा यौन परिपक्वतालगायतमा कुनै पनि परिवर्तन देखिएको छैन।’ २०४७ मंसिर ७ गते जेठो छोरा राजु र २०४८ जेठ १९ गते कान्छो छोरा कल्याण श्रेष्ठको जन्म भएको हो ।
























