खैरहनी

मत्स्य व्यवसायी संघ चितवनको अध्यक्षमा सुवेदी

Banner

चितवन,कात्तिक ६-

नेपाल मत्स्य व्यवसायी संघ चितवनको अध्यक्षमा खगेन्द्र सुवेदी चयन भएका छन् । प्रदेश ३ का भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा बुधवार खैरहनीमा भएको ७ औं वार्षिक साधारण सभा तथा तेश्रो जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने,उपाध्यक्षमा लुलाराज तामाङ,सचिवमा नेत्रनाथ आले,कोषाध्यक्षमा खड्गकुमारी थापा र सहसचिवमा सुनिल कुँवर चयन भएका संघका निवर्तमान अध्यक्ष रमेश पाण्डेले जानकारी दिए ।

सदस्यहरुमा गंगा न्यौपाने,खगेन्द्र अधिकारी,मनोज महतो,कृष्ण प्रसाद भण्डारी,सरस्वती वराल,गोमा भट्टराई,कालिका दवाडी,गोरख शाह,निर्मल भुषाल,हरि प्रसाद अर्याल,मन्जिव क्षेत्री र हरिनारायण थपलिया चयन भएका छन् । अधिवेशनले हरि प्रसाद पण्डितको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>