राजनीति
एक्सन रूमबाट प्रधानमन्त्रीले गरे आयोजनाको अनुगमन
०

काठमाडौं,कात्तिक ६-
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट ठूला आयोजनाहरूको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरबका आयोजनाको अनुगमन गर्नुभएको हो ।
विभागीय मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्रीले ती आयोजनाको प्रगती विवरण लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । एक्सन रूममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनुहुन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























