चितवन विशेष

राप्ती महोत्सवमा हालसम्मकै धेरै दर्शक

Banner

चितवन, कार्तिक ५–

राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा जारी प्रथम राप्ती महोत्सवमा मंगलबार हालसम्मकै धेरै दर्शकले अवलोकन गरेका छन् ।

महोत्सवको कृषि परिसर, विभिन्न व्यावसायिक स्टलहरु, बाल उद्यान, जातजातिको घर लगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको थियो । महोत्सव प्रवद्र्धन समितिका संयोजक दिनेश सेढाईका अनुसार मंगलबार मात्र दशौँ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । उनका अनुसार दर्शकको बाक्लो उपस्थितिले महोत्सवमा ब्यापार समेत उल्लेख्य वद्धि भएको छ ।

महोत्सवमा रहेको सेल्फी जोनमा दर्शकहरु झुम्मिएका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले बनाइएको सेल्फी जोनमा तस्वीर लिनेहरुको भीड लागेको छ । त्यस्तै मगर, चेपाङ र थारु जातिको साँस्कृतिक घरमा समेत दर्शकको भीड छ । चेपाङ घरमा चेपाङले खाने कन्दमुल गिठासमेत रहेकाले त्यसको स्वाद लिन दर्शक पुग्ने गरेका छन् ।

साँस्कृतिक कार्यक्रममा पनि दर्शक ओइरिएका छन् । मंगलबार चर्चित गायक प्रमोद खरेलको विशेष प्रस्तुति रहेको थियो । प्रमोदसँगै उमादेवी खनाल, खुश्बु खड्का, बेबु आचार्यलगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । साँस्कृतिक कार्यक्रमअन्तर्गत बुधबार चर्चित गायक प्रकाश सपुत, गायिका प्रिती आलेलगायतको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयोजक प्रदिप उप्रेतीले जानकारी दिए ।

राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आयोजित महोत्सवको बिहीबार पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । विभिन्न २५० वटा स्टलहरु रहेको महोत्सव कार्तिक ९ गतेसम्म चल्नेछ । महोत्सवले स्थानीय स्तरमा उत्पादित वस्तुहरुको प्रवद्र्धन र नगरको पर्यटकिय विकासमा मद्धत पु¥याउने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>