अन्तर्राष्ट्रिय
अफगानिस्तान हवाइ कारबाहीमा चौध लडाकू मारिए
०

तालुकान, कात्तिक ५ –
अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाइ कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ ।
सोमबार अपराह्न भएको यस हवाइ कारबाहीको क्रममा अन्य तीन तालिबान लडाकू घाइते भएका पनि सो विज्ञप्तिमा उल्लेख छ ।
प्रायः अशान्त भइरहने दर्काद जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्त गत केही वर्षयता तालिवानको नेतृत्वमा बढ्दो विद्रोह भइरहेको पाइन्छ । रासस/सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























