चितवन विशेष
हल प्रयोग बापत चितवन उद्योग संघलाई १३ लाख ५० हजार बुझाउँदै रास्वपा
०

भरतपुर,असार ५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्रका लागि प्रयोग हुने चितवन उद्योग संघको हलको १३ लाख ५० हजार भाडा लाग्ने भएको छ । चितवन उद्योग संघको नियम अनुसार प्रति दिनको ४ लाख ५० हजारका दरले भाडा बुझाउन रास्वपासंग सम्झौता भएको संघका अध्यक्ष मदन घिमिरेले बताउनुभयो । “संघको आफ्नै नियमावली छ,प्रति हलको दिनको १ लाख ५० हजार शुल्क लाग्दछ,उहाँले भन्नुभयो,तीनवटा हल प्रयोग गर्दा उहाँहरुले दैनिक ४ लाख ५० हजार शुल्क तिर्नुपर्नेछ । घिमिरेले कार्यक्रम गर्दाको पहिलो दिन र अन्तिम दिनको शुल्क आधा लाग्ने बताउनुभयो । रास्वपाले ८ र ९ गतेका लागि पुरै दिनको भाडा तिर्नुपर्ने छ भने ७ र १० गतेको आधा आधा शुल्क लाग्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























