समाज

विवादित गीतका गायक दुर्गेश थापा गोंगबुबाट पक्राउ

Banner

काठमाडौं,कात्तिक ५ –

गायक दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताए ।

थापाले भने, ‘‘सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विरीत हो । त्यसैले उनलाई नियन्त्रणमा लिएका छौं ।’’ उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>