राजनीति

सुरुङमार्गको शिलान्यास कार्यक्रम काँग्रेसद्वारा बहिष्कार

Banner

काठमाडौं,कात्तिक ४-

राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रम नेपाली काँग्रेसले बहिष्कार गरेको छ । सुरुङमार्ग शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी नेपाली काँग्रेसबाट निर्वाचित हुन् । आफ्नो नगरपालिकामा सुरुङमार्ग शिलान्यास भएपनि मेयर गिरीको कार्यक्रममा उपस्थिति थिएन् ।

यस्तै चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दुर्गालाल महर्जन, ७ का वडाअध्यक्ष शम्भु केसी, १२ का वडाअध्यक्ष प्रकाश श्रेष्ठ र काँग्रेसबाट निर्वाचित अन्य वडाका वडाअध्यक्षहरुको पनि कार्यक्रममा उपस्थिति थिएन ।

यस्तै, नेपाली काँग्रेसका नेता तथा सांसद राजन केसी, काँग्रेस नेता पूर्वसांसद ध्यानगोविन्द रन्जितलगायत चन्द्रागिरी नगरपालिकाका काँग्रेस नेताहरुको पनि कार्यक्रममा उपस्थित देखिएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>