समाज

प्रधानमन्त्रीले शिलान्यास गरे नागढुङ्गा-नौबिसे सुरूङमार्ग

Banner

काठमाडौं कात्तिक ४ –

प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–नौबिसे सुरूङमार्गको शिलान्यास गरेका छन् ।काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले सुरूमार्गको शिलान्यास गरेका हुन् । देशको संघीय राजधानी काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसेको सिस्नेखोला सुरूङमार्गको लम्बाइ २.६८८ किलोमिटर छ ।

सुरूङमार्ग निर्माणका लागि गत ६ असोजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र हाज्मा एण्डो कर्पोरेसनबीच निर्माण सम्झौता भइसकेको छ । सुरूङमार्गमा जापान सरकारको १६.६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकार ५.५३ अर्ब लगानी रहनेछ । जाइकाबाट प्राप्त हुने ऋणको ब्याज ०.०१ प्रतिशत हुनेछ । सुरूङमार्ग ४२ महीनामा निर्माण सम्पन्न हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>