राजनीति

बालुवाटारमा प्रधानमन्त्री, प्रचण्ड र देउवाबीच भेटवार्ता

Banner

काठमाडौं, कात्तिक ४-

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको छ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटघाट भएको हो।

भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङ बताए।

‘बैठकमा त्यस्तो ठोस निर्णय केही भएन। सत्ता र प्रतिपक्षबीचको कुराकानी हो,’ बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङले भने, ‘बेलाबेलामा छलफल गर्दै अघि बढ्नुपर्छ। द्वन्द्वकालीन घटनाबारे विशेष गरी विधेयकबारे छलफल भयो।’

द्वन्द्वकालीन मुद्दाहरू चाँडै टुंग्याउनेबारे छलफल भएको नेम्वाङले जानकारी दिए।सेतोपाटीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>