चितवन विशेष

राप्ती महोत्सवको चौथो दिन,बद्रिसँगै झुमे दर्शक

Banner

चितवन,कार्तिक ३-

राप्ती नगरपालिकाको विरेन्द्रनगरमा जारी प्रथम राप्ती महोत्सवमा चौथो दिन आइवार पनि उल्लेख्य दर्शकले अवलोकन गरेका छन । महोत्सवको कृषि परिसर, विभिन्न व्यवसायिक स्टलहरु, बाल उद्यान, जातजातिको घर लगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको थियो । महोत्सव प्रवद्र्धन समितिका संयोजक दिनेश सेढाईका अनुसार आइतबार अपेक्षाभन्दा धेरै दर्शकले महोत्सव अवलोकन गरेका छन । उनका अनुसार दर्शकको बाक्लो उपस्थितिले महोत्सवमा ब्यापार समेत उल्लेख्य बृद्धि भएको छ ।

महोत्सवमा रहेको सेल्फि जोनमा दर्शकहरु झुम्मिएका छन । पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले बनाइएको सेल्फि जोनमा तस्वीर लिनेहरुको भीड लागेको छ । त्यस्तै मगर, चेपाङ र थारु जातिको साँस्कृतिक घरमा समेत दर्शकको भीड छ । चेपाङ घरमा चेपाङले खाने कन्दमुल गिठासमेत दर्शकले खाने गरेका छन ।

साँस्कृतिक कार्यक्रममा पनि दर्शक ओइरिएका छन । आइतबार लोकदोहोरी गायत बद्रि पंगेनी, मोडल अन्जली अधिकारी, गायिका अस्मिता डिसी, सुरज कालाखेति, पुजन भट्ट, सपना बुढामगर लगायतले प्रस्तुती दिए । बद्रि र अस्मिताको प्रत्यक्ष दोहोरीमा दर्शक झुम्मिएका थिए । साँस्कृतिक कार्यक्रमअन्तर्गत भोलि चर्चित गायक रमेश राज भट्टराई, अनिता बस्नेत, कमला रेग्मी, ममता चौधरी लगायतको प्रस्तुति रहने साँस्कृतिक कार्यक्रम संयोजक प्रदिप उप्रेतीले जानकारी दिए । त्यस्तै भोली चेपाङ समुदायका कलाकारहरु रबिन चेपाङ, उर्मिला चेपाङ लगायतको पनि बिशेष प्रस्तुति रहनेछ ।

राप्ती नगरपालिका र राप्ती उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा आयोजित महोत्सवको बिहिबार पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दहालले उदघाटन गरेका थिए । विभिन्न २५० वटा स्टलहरु रहेको महोत्सव कार्तिक ९ गतेसम्म चल्नेछ । महोत्सवले स्थानीय स्तरमा उत्पादित बस्तुहरुको प्रवद्र्धन र नगरको पर्यटकिय बिकासमा मद्धत पुर्याउने बिश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>