खेलकुद

नेपाल पुलिस क्लब सेमीफाइनलमा, सुमनको ह्याट्रिक

Banner

चितवन, कार्तिक १–

नेपाल पुलिस क्लब नारायगढको क्याम्पाचौरमा जारी ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’को सेमीफाइनलमा प्रवेश गरेको छ । एकपक्षीय खेलमा काठमाडौंको सरस्वती क्लबलाई ५–० गोलअन्तरले पराजित गर्दै पुलिस सेमीफाइनलमा प्रवेश गरेको हो ।

पुलिसको जितमा जर्सी नम्बर ९ का सुमन लामाले ह्याट्रिक गरे । खेलको पहिलो मिनेटमै गोल गरेर सनसनी मच्चाएका सुमनले दोस्रो हाफको ३३ र ३९ औं मिनेटमा व्यक्तिगत दोस्रो र तेस्रो गोल गरे । म्यान अफ दी म्याच बनेका सुमनले नगद १० हजार पुरस्कार पाए ।

पुलिसका लागि बाँकी दुई गोल निरकुमार राई र हेम तामाङले गरे । निरले पहिलो हाफको २४ र हेमले दोस्रो हाफको आठौं मिनेटमा गोल गरे ।
प्रतियोगितामा तेस्रो दिन शनिबार सशस्त्र प्रहरीको एपीएफ र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>