राजनीति

मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै छलफल भएको छैन : अध्यक्ष ‘प्रचण्ड’

Banner

कैलाली, कात्तिक १ –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताएका छन । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचनपछि विकास र समृद्धितिर गइसकेकाले सुदूरपश्चिममा अलि बढी केन्द्रित हुनुपर्छ भन्ने धारणा व्यक्त गरे । उनले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्री र आफूबीच कुनै कुराकानी नभएको स्पष्ट पार्दै मन्त्री परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले भने, “प्रधानमन्त्री र आफ्नो विषयमा कुरा हँुदा मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै छलफल भएको छैन ।’’रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>