क्रिकेट
सन्दीप लामिछाने टी–१० क्रिकेटमा छनौट, ४५ हजार डलर पाउने
०

काठमाडौं, असोज २९–
युएईमा आयोजना हुने टी–१० क्रिकेटमा नेपाली क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने छनौट भएका छन् ।
आज भएको ड्राफ्ट मार्फत सन्दीपलाई कर्नाटका टसकसले खरिद गरेको हो । ‘ए’ क्याटेगोरीमा रहेका सन्दीपलाई पहिलो राउण्डमै लिएको हो । उनले ४५ हजार डलर पाउने छन् । उनको टिमको आइकोनीक प्लेयर हासिम अमला रहेका छन् । यसप्रतियोगिता अन्तरगत गत सिजनमा सन्दीप केरला नाइट्सबाट खेलेका थिए ।
यस प्रतियोगिता यसवर्ष युनाइटेड अरब इमिरेट्स युएईमा नोभेम्बर १४ देखि २४ तारिखसम्म आयोजना हुँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























