Breaking News

सुनको मूल्य १० हजार ५ सयले घटेर २ लाख ८६ हजार ७ सयमा कारोबार

Banner

काठमाडौं, असार ५-

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज (शुक्रबार) सुनको मूल्य घटेको हो । आज सुन प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७०० रुपैयाँ तोकिएको छ । हिजो (बिहीबार) छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ६४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>