क्रिकेट

वोमन च्याम्पियन्स लिगः चितवन राइनोजको विजयी सुरुवात, काठमाडौं ५ विकेटले पराजित

Banner

काठमाडौं, असोज २९–

आजदेखि सुरु भएको वोमन च्याम्पियन्स लिग (डब्लुसीएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो ।

काठमाडौंले दिएको ९३ रनको लक्ष्य चितवनले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा ग¥यो । चितवनकी प्यारी चौधरीले नटआउट २४ रन बनाइन् । उनले १९ औं ओभरको पहिलो र तेस्रो बलमा चौका प्रहार गर्दै चितवनलाई पहिलो जित दिलाइन् । यस्तै चितवनका लागि सुमन खतिवडाले २९ रन बनाइन् । काठमाडौंका लागि इश्वरी विष्टले २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ९२ रन बनाउँदै अलआउट भयो । उसका लागि रश्मी चौलागाईले ३४ रन बनाउँदा सरस्वती कुमारीले १५ रन बनाइन् । काठमाडौंले अन्तिम ओभरमा बिना कुनै रन ३ विकेट गुमाएको थियो । चितवनकी सन्तोषी चौधरी अन्तिम ओभरमा ३ विकेट लिँदै ४ ओभरमा १४ रन मात्रै खर्चिइन् ।

बलिङमा चितवन राईनोजकी लागि रेशा रावल र कबिता गौतमले समान दुई दुई विकेट हात पारिन भने रित कनौजीयाले एक विकेट लिइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>