समाज
गुल्मीमा खोला तर्ने क्रममा डुवेर दुई जना बेपत्ता
०

गुल्मी,असोज २८-
खोला तर्ने क्रममा आज डुबेर बालिकासहित दुई जना बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका–५ दोभानस्थित छल्दीमा खोला तर्ने क्रममा २१ वर्षीय जीवन विक र पाँच वर्षीया गरिमा विक बेपत्ता भएका हुन् ।
खोला तर्ने क्रममा डुबेका सात वर्षीय किसान विकको माछा मार्न गएका स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । बेपत्ता दुवैको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेको प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























