चितवन विशेष
चितवनका महेशराज दाहाल अष्ट्रेलियाका लागि राजदूत नियुक्त
०

चितवन, असोज २८-
राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा चितवनका महेशराज दाहाललाई नियुक्त गरेकी छन्।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका स्थायी बासिन्दा रहेका दाहाल नेपाल जेसीसका पूर्वअध्यक्ष हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालको भाइ पर्ने दाहाल विगतमा लामो समयसम्म नेपाली कांग्रेसको राजनीति गरेर भर्खरमात्र नेकपामा प्रवेश गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>