चितवन विशेष

राप्तीमा बन्ने भयो ‘ईको टुरिजम पार्क’, मन्त्री लामाले गरे शिलन्यास

Banner

चितवन, असोस २७–

पूर्वीचितवनको राप्ती नगरपालिकामा निर्माण गर्न लागिएको ‘ईको टुरिजम पार्क’को सोमबार शिलन्यास गरिएको छ । ३ नम्बर प्रदेश सरकारका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पार्कको शिलन्यास गरेका हुन् ।

अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सामुदायिक वनको आयआर्जनको लागि निर्माण गर्न लागिएको पार्क निर्माणमा पाँच करोड बजेट विनियोजन भएको छ । पार्क शिखर हरियाली सामुदायिक वनको १३ बिगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको हो ।

पार्क परिसरमा स्वीमिङ पुल, चिल्ड्रेन पार्क, फूलको बगैचा, पानीको फोहोरा, पिकनिक स्पट, आरामका लागि गोलघर, बिजुलीको व्यवस्था हुने सामुदायिक वनका अध्यक्ष केदार आचार्यले जानकारी दिए । पार्क निर्माणको जिम्मा पाएको सेभ इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिले १८ महिना भित्र निर्माण सम्पन्न गर्नेगरि सम्झौता गरेको छ ।

कृषि मन्त्रीकै पहलमा शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पार्क निर्माण हुन लागेको हो । शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले पार्क निर्माणपछि पूर्वीचितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले प्राकृतिक सम्पदालाई सही सदुपयोग गर्न सके चितवनमा पर्यटनबाट प्रशस्त लाभ लिन सकिने बताए ।

वनका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा, तत्कालिन जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेल, वनका सचिव लक्ष्मी सेढाईलगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>