नवलपुर

मिर्गौलीपीडित निमकलालाई विदेशबाट आयो सहयोग

Banner

कावासोती, असोज २७–

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचाररत नवलपुरको कावासोती नगरपालिका–६ विष्णुनगरकी निमकला भट्टराईलाई सहयोग रकम जुटने क्रम जारी छ ।

विगत पाँच वर्षदेखि मिर्गौलाको उचार गराउँदै आएकी निमकलाका लागि युएईको दुवईस्थित नामसी डटकम कम्पनिमा कार्यरत नेपालीहरुले ३४ हजार १७५ रुपैयाँ नगद संकलन गरी परिवारलाई हस्तान्तरण गरेका छन् । सो कम्पनीमा कार्यरत २२ जना नेपालीले संकलन गरेको रकम सोमबार स्थानीय जनप्रतिनिधी, पत्रकाररुको रोहवरमा कावासोती नगरपालिका १–निवासी वीरबहादुर सुनारले परिवारजनलाई हस्तान्तरण गरेका हुन् ।

आफ्नै छिमेकी मिर्गौला पीडित बहिनीको बारेमा समाचार पढेपछि आफू कार्यरत कम्पनीका रामबहादुर सुनार र धन सिङ तामाङको सहयोगमा ३४ हजार १७५ रुपैयाँ रकम संकलन गर्न सफल भएको वीरबहादुर सुनारले बताए । सहयोग रकम ग्रहण गर्दै उपचाररत निमकलाका दाजुु सुरज भट्टराइले सहयोगी दाता सम्पूर्णमा धन्यवाद दिए । उनले अझै रकम अभाव रहेकाले सक्दो सहयोग गर्न पुनः अपिल गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा कावासोती नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष हेमप्रसाद पाण्डेले निमकलाको सफल उपचारका लागि सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे । निमकलालाई पाँच वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि डाइलाइसिस गरी उपचार हुँदै आएकोमा मृगौला प्रत्यारोपणका लागि थप ५० लाख भन्दा बढी रकम चाहिने भएको आर्थिक समस्या उत्पिन्न भएको उनका बुवा टिकाराम भट्टराइले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>