नवलपुर
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कावासोतीले रजत जयन्ती मनाउने

नवलपुर, असोज २७–
नवलपुरको कावासोती नगरपालिका–२ मा रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने भएको छ ।
कावासोतीमा २०४७ सालमा क्षेत्रीय कार्यालय नारायणगढले गीता पाठशालाको रुपमा स्थापना गरिदिएको सेवा केन्द्र २९ वर्ष पूरा गरेको अवसरमा रजत जयन्तीका साथै शिव स्मृति भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
रजत जयन्तीका अवसरमा कात्तिक २ गते नवनिर्मित सेवा केन्द्रको शिव स्मृति भवनको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनीले संयुक्तरुपमा उद्घाटन गर्नै कार्यक्रम तय भएको जनाइएको छ ।
सोही दिन बिहान कावासोतीको फलफूल चोकबाट सभापति चोकहुँदै कुमारवर्ती क्याम्पससम्म झाँकीसहित ¥याली निकालिने बताइएको छ । भवन उद्घाटन कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कावासोतीलाई निःशुल्क जग्गा उपलब्ध गराउनेदेखि अन्य सहयोग गर्नेलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा अर्जुन श्रेष्ठ, शर्मिला आचार्य, जमुना कँडेललगायतले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
























