नवलपुर
कावासोतीमा कौडा खेल्ने पाँच जना पक्राउ
०

नवलपुर,असोज २७-
नवलपुरको कावासोती नगरपालिका –१५ मा रहेको सोलाटरी होटलबाट कौडा खेल्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कावासोती –१४,का ३८ वर्षीय मदन श्रेष्ठ,सोही स्थान बस्ने ४५ वर्षीय मोतीराम महतो,कावासोती–३, का ४० वर्षीय पे्रम बहादुर थापा, कावासोती –९,का ४४ वर्षीय भोजराज गिरी र कावासोती–१५ का २७ वर्षीय युवराज महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
कौडा खेल्दै गरेको अवस्थामा आईतबार राति उनीहरुलाई पक्राउ गरिएको हो । उनिहरुको साथबाट रु ६७ हजार रुपैंया , सात थान कौडा र काठको बोर्ड समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताए । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























