नवलपुर

नवलपरासीमा बलात्कारको आरोपमा दुई जना पक्राउ

Banner

ज्ञानु पंगेनी

नवलपुर, असोज २७–

नवलपरासीमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कावासोती नगरपालिका– १० मगरकोटका २६ वर्षीय कृष्ण महतो र सोही स्थानका १६ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

असोज २५ गते शनिबार साँझ आरोपितहरूले युवतीलाई बाटोमा हिड्दै गर्दा जबरजस्ती बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २६ गते आईतबार प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरी निरीक्षक अधिकारीले बताए । पीडित पक्षले २०७६ असोज २६ गते प्रहरीमा उजुरी गरेको भएपनि सार्वजनिक बिदा भएको कारण सोमबार उजुरी दर्ता गरेर कारवाही प्रक्रिया अगाडी बढाईएको अधिकारीले बताए ।

पीडित युवतीलाई सोमबार चितवनस्थित भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पठाईएको अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>