नवलपुर
गैंडाकोटमा जुवातास खेल्ने १० जना पक्राउ

ज्ञानु पंगेनी
नवलपुर, असोज २५–
नवलपुरको गैंडाकोट नगरपालिकाबाट प्रहरीले जुवातास खेल्दै गर्दा १० जनालाई पक्राउ गरेको छ ।
गैंडाकोट नगरपालिका–१० भैसाखोरीस्थित राजकुमार सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो तीन बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले रु. ७१ हजार पाँच सय २ रुपैयाँ बरामद गरेको छ ।
पक्राउ पर्नेहरु सबै गैंडाकोट नगरपालिका १० बस्ने हुन् । पक्राउ पर्नेहरुमा ४० वर्षका ईन्द्र राना, २५ वर्षका सुजन बराल, २५ वर्षका देव गुरुङ, ३१ वर्षका मनोज गुरुङ, ३९ वर्षका थिरबहादुर महत्तो, ४४ वर्षका संजय अधिकारी, ३४ वर्षका भिम रावल, ३१ वर्षका सुनबहादुर सुनारी, २५ वर्षका अनिल सुनार र ३३ वर्षका राजकुमार सुनार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।