समाज
खर काट्ने क्रममा लडेर महिलाको मृत्यु
०

बैतडी,असोज २५-
खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा शनिबार एक महिलाको ज्यान गएको छ । सुर्नया गाउँपालिका–४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको मृत्यु भएको हो ।
आज दिउँसो साढे १ बजे स्थानीय जैसिया भिरमा खर काटिरहेको बेला महिला भिरबाट लडेकी स्थानीय रणबहादुर महराले जानकारी दिनुभयो । भिरबाट लडेर करीब ३०० मिटर तल खसेकी महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक महिलाका एक छोरा र श्रीमान रहेका छन् । श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । यसअघि असोज २२ गते पनि खर काट्ने क्रममा भिरबाट लडेर सुर्नया गाउँपालिका–५ की ४८ वर्षीया राजमती विष्टको पनि मृत्यु भएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























